Logo
Logo

बन्चरेडाँडामा जग्गा अधिग्रहण गर्न यसै आर्थिक वर्ष बजेट छुट्याउने सहमति


441
Shares

काठमाडौं । नुवाकोटको बन्चरेडाँडा क्षेत्रमा आवश्यक जग्गा अधिग्रहण गर्न यसै आर्थिक वर्षमा बजेट छुट्याउने सहमतिपछि स्थानीयले फोहोर व्यवस्थापन गर्न दिने भएका छन् ।

शुक्रबार सहरी मन्त्रालयमा स्थानीय बासिन्दा र संघर्ष समितिले जग्गा अधिग्रहण, बन्चरेडाँडासम्म जाने बाटोका लागि पर्याप्त बजेट विनियोजन र स्थानीय बासिन्दासमेत रहने गरी समिति गठन गरिनुपर्ने बारे छलफल भएको थियो ।

उनले भनिन्, ‘जग्गा अधिग्रहण गर्न पर्ने भए गर्ने हो । तर आजैदेखि फोहोर फाल्न दिऔँ । काठमाडौंमा फोहोरले सकस भइसक्यो ।’ मन्त्रालयबाट हुन नसक्ने काम मन्त्रिपरिषदमा लगेर गर्ने उनले बताइन् ।

आजै अपरान्ह स्टेरिङ कमिटीको बैठक बस्ने र फोहोरमैला व्यवस्थापनलगायत कार्ययोजना तयार गरी सार्वजनिक गर्ने उनले बताइन् । बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जग्गा अधिग्रहण गर्ने कार्य अघि बढाउन सुझाव दिएका थिए ।

बैठकमा काठमाडौंका सांसदहरू, मेयरहरू, वडा अध्यक्षहरू र कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र संघर्ष समिति व्यक्तिहरू लगायत उपस्थित थिए ।

बैठकमा सहभागी कांग्रेस नेता महतले पार्टी र जनप्रतिनिधि समावेश गरेर अनुगमन समिति गठन गर्न सकिने बताएका थिए । उनले भने, ‘कहिलेसम्म के काम गर्ने भन्ने मन्त्रालयले स्टेरिङ कमिटीबाट योजना ल्याउनुपर्छ ।’ उनले प्रधानमन्त्रीलाई भनेर बन्चरेडाँडामा सडक बनाउन बजेट विनियोजन गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्