काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन हुनपर्ने बताएका छन् ।
शुक्रबार संसद भवन नया बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो पार्टीको मन्त्री हेरफेर गर्ने निर्णयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।

पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय कार्यान्वयन नभएकोमा आपत्ति पनि जनाए । आफ्नो पार्टीले मन्त्रीह?लाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको उनले बताए ।
उनले भने, ‘मैले धेरै पटक यसको जवाफ दिइसके । यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तु?न्त लागू हुनुपर्छ । नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तु?न्त कार्यान्वयन गर्नुपर्छ । अ? कुनै विकल्प छैन ।’














