Logo
Logo

आँबुखैरेनी-मुग्लिनखण्डमा ठूला सवारी नचल्ने


2.1k
Shares

शुक्रबार सडक भासिएर यातायात अवरुद्ध भएपछि सडक छेउका भित्ता खन्दै । यहाँ भित्ता खनेर बाटो बनाउन लागिएको छ ।

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन् ।

आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक भासिएको सडक बनाउन समय लाग्ने भएकाले केही दिन ठूला सवारी सञ्चालनमा रोक लगाइएको हो ।

साना सवारी साधनलाई भने एकतर्फी सञ्चालन गरिएको डीएसपी युवराज खड्काले जानकारी दिए । भासिएको ठाउँमा सडक डिभिजनले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ ।

त्यहाँ सडक भासिएर शुक्रबार एउटा कार र एउटा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्