Logo
Logo

तनहुँमा भारी वर्षाः बराह खोलाले बगाउँदा एकको मृत्यु


1.8k
Shares

काठमाडौं । तनहुँको शुक्लागण्डकी–९ मा बराहखोलाले बगाउँदा स्थानीय यामबहादुर वि.कको मृत्यु भएको छ ।

शुक्रबार राति करिब १०ः २० बजे खोला तर्ने क्रममा उनी वेपत्ता भएका थिए । डीएसपी युवराज खड्काका अनुसार बिहान ७ सय मिटर तल उनको शव भेटिएको हो ।

अहिले शव पोष्टमार्टमका लागि दमौली अस्पताल लैजाने तयारी भइरहेको छ । जिल्लामा हिजो साँझपछि भारी बर्षा भएको थियो । ठाडो खोला भएकाले बर्षातपछि उक्त खोलामा ठुलो बाढी आउने गर्दछ ।

त्यहाँ पैदल यात्रु वारपार गर्न डाइभर्सनको बनाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्