Logo
Logo

युएईमा ‘२५औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस’ मनाउने तयारी


- दृष्टि न्युज/संवाददाता


युएई, २९ असार । युएईमा भव्यताका साथ ‘२५औँ अन्तर्राष्ट्रिय विश्व आदिबासी दिवस’ मनाउने तयारी गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाको अध्यक्षतामा गएको २८ जुनमा बसेको बैठकले आउँदो ९ अगस्टमा ‘२५औँ अन्तर्राष्टिय आदिवासी दिवश’ मनाउने निर्णय गरेको हो । दुबईको डेरास्थित कार्लटन प्यालेस होटेलमा आयोजना हुने उक्त कार्यक्रमका लागि नेपाल आदिबासी जनजाति महासंघको महिला उपाध्यक्ष बिजयलक्ष्मी राईलाई संयोजक तोकिएको छ ।
महासंघको अध्यक्ष शेर्पाले कार्यक्रम भव्यरुपमा सम्पन्न गर्नका लागि महासंघमा आबद्ध ११ वटा विभिन्न जातीय संस्था आयोजक एवं सह–आयोजकमा आदिबासी जनजाति पत्रकार संघ युएई रहने भएको छ ।

बिजयलक्ष्मी राई, उपाध्यक्ष

यस कार्यक्रममार्फत आदिवासी जनजातीको भाषा, धर्म, संस्कार, सांस्कृतिक एवं भेषभूषालगायतको सरंक्षण, सम्वद्र्धन गर्ने उद्देश्य लिइएको छ । साथै, कार्यक्रममार्फत शैक्षिकविकासमा समेत टेवा पुग्ने आयोजकको विश्वास छ ।
कार्यक्रममा आदिवासी कला, संस्कृति र रहनसहन झल्काउँने स्टल, पौराणिक साँस्कृतिक नाच (झाँकी)लगायत विभिन्न प्रतियोगिताहरु आयोजना गरिने तयारी गरिएको कार्यक्रमकी संयोजक विजयलक्षमी राईले जानकारी दिएकी छन् । कार्यक्रममा स्थानिय ख्यतीप्राप्त कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्