Logo
Logo

ढकारी गाउँपालिकाकाे गाडी दुर्घटना, उपाध्यक्ष र चालक घाइते


7.6k
Shares

काठमाडौं । अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउद र उपाध्यक्ष नेत्रकलादेवी शाही चढेको गाडी दुर्घटना भएको छ । बिहान ४ बजेतिर साँफेबगरमा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा उपाध्यक्ष शाही र गाडी चालक ४३ वर्षीय लली नेपाली सामान्य घाइते भएका छन् । दुबैको बयलपाटा अस्पतालमा उपचार भइरहेको अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले जानकारी दिए । उनका अनुसार अध्यक्ष साउद भने सकुशल छन् ।
गाडीमा उपाध्यक्ष शाहीको १ वर्षीय छोरा, बच्चा हेरालु वीरेन्द्र शाही, चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष सरुदेवी खड्का र उनकी छोरी २० वर्षीया वर्षा खड्का रहेका थिए । उनीहरुलाई पनि चोटपटक नलागेको प्रजिअ मरासेनीले बताए । दुर्घटनाकाे कारण खुलेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्