Logo
Logo

तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्न माग


882
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन् ।

शनिबार नेपाल हिमाल सिमापार वाणिज्य संघको २२औँ वार्षिक साधारणलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीहरूले भारतको कोलकाता हुँदै सामान आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

दुवै नाकामा पूर्वाधार, गोदाम घर, सडक तथा पुलको समस्या रहेकाले सरकारले त्यसको समाधान गर्नुपर्ने उनको भनाइ छ । उनले लार्चामा खुलेको सुक्खा बन्दरगाह सञ्चालनको विषयमा पनि सरकारले चीन सरकारसँग आवश्यक पहल गर्नुपर्ने माग राखे ।

वाणिज्य महासंघको नेपाल चीन फोरमले पनि नाकाका समस्या समाधानको लागि पहल गर्ने उपाध्यक्ष श्रेष्ठले बताए । उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यापार व्यवसाय र विशेष गरेर उद्योगहरूलाई केही प्रोत्साहन दिने भने पनि केही व्यक्ति विशेष र केही समूहलाई मात्रै प्रोत्साहन हुने गरी बजेट आएको बताए ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले आयात नियन्त्रण वर्तमान समस्याको समाधान नभएको बताए । सरकारले आयातलाई नियन्त्रण नभएर व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्