Logo
Logo

नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको सेवामा समर्पित हुन मन्त्री भुसालको आग्रह


441
Shares

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय पहिचान संरक्षण र संवद्र्धन गर्दै जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–६ बाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले भनिन्, ‘जनप्रतिनिधि शासक होइनन्, सेवक हुन्, जनताको आधारभूत आवश्यकता पूरा गर्न कर्तव्यनिष्ट हुनुहोला ।’

आफ्नो कला, संस्कृति र पहिचानलाई संरक्षण गर्न विशेष ध्यान दिएर मात्र आधुनिक विकासमा अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भने, ‘परम्परागत पहिचानलाई संवद्र्धन गरेर विकासका गतिविधि अगाडि बढाउनुपर्छ ।’

उनले महालक्ष्मी नगरको आर्थिक विकासको आर्थिक विकासको आधार पर्यटन भएकाले त्यसका लागि वडादेखि नगरसम्म उपयुक्त कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य र शिक्षाजस्ता आधारभूत विषयलाई जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, ‘सार्वजनिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनुपर्छ, सुलभ स्वास्थ्य उपलब्ध गराउनुपर्छ । आफ्नो कार्यकाललाई जनताको सेवा गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्छ ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले स्थानीय जनप्रनिधिले जनताका आवश्यकतालाई पूर्ति गर्दै विकासका कार्यक्रम अगाडि बढाउन सल्लाह दिए ।

आफूले मन्त्रालय सम्हालेपछि भूमिको विषयमा देखिएका समस्या सम्बोधन गरेको उल्लेख गर्दै उनले ३०० स्थानीय तहका जनतालाई जग्गाधनी पूर्जा वितरण गर्ने योजना बनाएको सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्