काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले राष्ट्रिय स्वाधीनतासहित अगाडि बढ्न देशका सामु चुनौती रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा एमालेलाई स्थानीय चुनावमा सहयोग गर्ने कलाकारहरुको सम्मान गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनतामा कसैका पनि दूष्प्रभावहरु पर्न नहुने समेत बताएका हुन् ।

कसैले पनि डराएर धम्काएर, फकाएर फुलाएर देशको स्वाभिमानमाथि तलमाथि गरेको स्वीकार नहुने उनको भनाइ छ । ओलीले बिकासित समाज बनाउन एमाले बाहेक कसैले अगुवाई गर्न नसक्ने दावी गरे ।
अध्यक्ष ओलीले देश बनाउने नीति एमालेको बाहेक अरु कसैको नरहेको बताए । एमाले जस्तो देशको हितमा बोल्ने र काम गर्ने पार्टी अरु कुनै नरहेको उनले बतए । सवै मिलेर देशलाई माया गर्नुपर्ने उनले धारणा राखे ।











