
काठमाडौं । पूर्व–पश्चिम राजमार्गको हेटौंडा–९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट बावु छोरीको मृत्यु भएको छ ।
भारतबाट ग्याँस बोकेर आएको बुलेटले मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ठक्करबाट घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए । बुलेट प्रहरीले नियन्त्रणमा लिएको छ ।














