Logo
Logo

विपद् प्रतिकार्य योजना बनाएर काम गर्छौंः मन्त्री कार्की


315
Shares

विराटनगर । विपद्पछि उद्वार कसरी गर्ने भन्ने विषयमा नेपाली सेनाको भैरव दल गण मोरङले नमूना अभ्यास गरेको छ ।

शनिबार प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यतामा पूर्व अभ्यास भएको हो कार्यक्रममा मन्त्री कार्कीले सरकारले विपद् प्रतिकार्य योजना बनाएर काम गर्ने बताए । पिडीतको कसरी तत्काल राहत तथा उद्धार गर्ने विषयमा सेनाले गरेको पूर्वाभ्यास महत्वपूर्ण र उपलब्धिमूलक हुने बताए ।

मन्त्री कार्कीले देखेको, सुनेको तथा पढेको भन्दा पनि आफैले महसुस गरेको सिकाई महत्वपूर्ण हुने भएकाले पनि पूर्वाभ्यास फलदायी हुने बताए ।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै रेडक्रसका प्रतिनिधिसमेत सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्