काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको वडा नंं. ४ मा शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ ।
वडानम्बर ४ स्थित जग्गा भाडामा लिएर टहरा बनाइ बस्दै आएकी रामेछाम उमाकुन्ड गाउँपालिका–५ कि ४९ वर्षीय सुशीला खड्काको मृत्यु भएको हो ।
शनिबार राति खड्का टहरोमै रहेको शौचालयमा लडेर बेहोस भएकी थिइन् । उनलाई ्बहिनी वर्षा सुनवारले बेहोस अवस्थामा देखेपछि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको छ । खड्काका आफन्त नआएकाले शव अस्पतालमा राखिएको छ ।














