काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार नयाँ टर्मिनल भवनको शिलान्यास गरेका छन् ।

आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएसँगै आन्तरिक ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइने भएको हो । सो टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडाइको हुने र करिब ३५ मिटर लामो ब्यागेज कन्भेयर (दुईतर्फी ब्याग लिन मिल्ने) बेल्ट हुने बताइएको छ ।














