काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले एमसीसी सम्झौता संसद्बाट पारित गरेसँगै नेपालमा आर्थिक संकट बढेर गएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले सो सम्झौता संसद्बाट पारित गरेपछि नेपालमा महँगी बढेको जिकिर गरे ।

उनले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य बढेको तर्क गरे । सो विषयमा तटस्थ बसेको भारतले अहिले पनि अन्तर्राष्ट्रिय बजार मूल्यको एक तिहाइ मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्याँस पाएपनि नेपालले रुसको विरुद्धमा मतदान गरेकाले महँगोमा आयात गर्नु परेको उनको भनाइ थियो ।
सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक असफलताको कारण नेपालले महँगोमा पेट्रोलियम पदार्थ तथा एलपी ग्याँस आयात गर्नु परेको दावी गरे ।














