
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सोमबार दिउँसो १ बजे बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा हालै सम्पन्न स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेन्डा छ । एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट आज सचिवालयको बैठकमा पेस गरिने भएको छ ।
यसअघि आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले चुनाव समीक्षालगायत एजेन्डा तय गरेको थियो । जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागलाई पूर्णता दिने र समसामयिक विषयमासमेत र्बैठकमा छलफल हुने छ ।
एमालेले २०५ पालिका प्रमुख जितेको थियो ।














