Logo
Logo

अमेरिकाले पैसा दियो भन्दैमा सैनिक गठबन्धनमा सामेल हुन खोज्नु गलत : भीम रावल


1.8k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खाजेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उलने भने, ‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्यो । अहिले नसक्ने किन ?, ‘नेपाल अमेरिकाले पैसा दियो भनेर सैनिक गठबन्धनमा सामेल हुन खोज्यो । यो एकदमै गलत यो ।’

यसबारेमा सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने उनको भनाई छ । आर्थिक सहयोगका नाममा कसैले पनि कुनै पनि देशलाई सामरिक रुपमा धकेल्न नहुने उनले बताए ।

प्रधानमन्त्रीको अमेरिकी भ्रमणबारे पनि उनले प्रश्न उठाउँदै भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीलाई संसदीय समितिको बैठकमा बोलाउन माग गरे ।

‘यो विषयमा सत्तारुढ दलकै प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गर्नुपर्ने भन्नुभएको छ उहाँले नै भ्रमणमा आशंका गर्नुभएको छ, हामी त प्रतिपक्षीमा छौं,’ पूर्वमन्त्रीेसमेत रहेका रावलले भने, ‘भ्रमणबारे प्रधानमन्त्रीलाई पत्र लेखेर छलफलमा बोलाऔं ।’

प्रतिक्रिया दिनुहोस्