Logo
Logo

बारामा पुलबाट मोटरसाइकल खस्दा २ जनाको मृत्यु


693
Shares

काठमाडौं । बाराको महागढीमाई नगरपालिका–८ थलही पुलबाट मोटरसाइकल खस्दा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार २ पुरुष गम्भीर घाइते भएका थिए । पहिचान खुलिनसकेका उनीहरूको उपचारका क्रममा कलैया अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुदर्शन थापाका अनुसार दुवैको सनाखत हुन बाँकी छ ।

बरियापुरबाट लैगडाचोकतर्फ गइरहेको मोटरसाइकल अनियन्त्रीत भई आइतबार राति साढे १० बजेतिर थलही पुलबाट खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्