Logo
Logo

१५ सांसदद्वारा बजेट छलफल स्थगनको प्रस्ताव दर्ता


1.2k
Shares

काठमाडौं । संसदमा प्रतिनिधिसभाका १५ जना सांसदले बजेट छलफल स्थगनको प्रस्ताव दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुले स्थगन प्रस्ताव दर्ता गराएका हुन् ।

जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्ने स्थगनको प्रस्तावमा उल्लेख छ । उक्त प्रस्तावमाथि सोमबारको संसदमा छलफल हुँदैछ । स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने बताइएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकमा भट्टराईले गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्