Logo
Logo

बजेट निर्माणबारे योगेश भट्टराईले मागे सरकारकाे जवाफ


315
Shares

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा हेरफेर गरेको भन्दै एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री र अर्थमन्त्रीको जवाफ माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले करको दर परिवर्तन गर्दा अनधिकृत व्यक्तिलाई प्रयोग गरिएको समाचार सञ्चारमाध्यममा आएको भन्दै यस बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको आरोप लगाए । पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनियता भंग गरिँदैन भन्ने शपथ खाने गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रघाती काम गरेको उनले बताए ।

अन्धाधुन्ध रुपमा करको दायरामा गरिएको हेरफेरले स्वदेशी उद्योगलाई धरासयी बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्