धनगढी । जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धन विजयी भएको छ ।

समितिको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन् । कलेलले १३ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत पाए ।
उपप्रमुखमा माओवादीका खगराज भुसाल १३ मत पाएर विजयी भए । एमालेका राजेन्द्र खनालले १२ मत पाए ।
कैलालीमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका थिए । गठबन्धनका उम्मेदवारलाई धनगढीका मेयर गोपाल हमाल (स्वतन्त्र)ले पनि सहयोग गरेका थिए ।














