काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवाले अमेरिका भम्रणबारेमा संसद्, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन् ।
उनले भ्रमणमा देशलाई उचित हुने भन्दा बाहेक अन्य कुनै पनि गतिविधिहरु सरकारले गर्न नहुने बताए । अध्यक्ष नेपालले असंलग्न परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताए ।
उनले परराष्ट्र नीतिको विषयमा कुनैपनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने बताए । अध्यक्ष नेपालले सरकारका परराष्ट्र मन्त्री अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफलमा वर्तमान सरकारको अन्तर्राष्ट्रिय नीतिको विषयमा जानकारी गराउनु उपस्थिति जनाउनुपर्ने बताए ।
पहिलोपटक नेपालमा विदेशी सेना रहेको सुनेको पनि बताए । अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भिर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे ।
उनले पहिलोपटक नेपालमा विदेशी सेना रहेको सुनेको पनि बताए । नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे ।
उनले भने, ‘विदेशी सेना नेपालमा छन् । मैले भर्खरै पहिलो चोटी सुनेँ । त्यो हो भने गम्भीर कुरा हो । कहाँ छन् ? कुन–कुन देशका छन् । कुन क्याम्पमा राखिएको छ । त्यसमा बारेमा समितिको ध्यान जानुपर्छ । सरकारको ध्यानाकर्षण गराउनुपर्छ । हाम्रो वैदेशिक ऋण साहयता लिने कुराहरुमा धेरै क्रुटीहरु छन् । यसको पनि परिर्वतन गर्नपाए हुने थियो ।’














