Logo
Logo

तिलोत्तमामा प्रदेशकै ठूलो कृषि थोक बजार



रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ५ मणिग्राममा लुम्बिनी प्रदेशकै ठूलो कृषि थोक बजार सञ्चालनमा आउने भएको छ ।

लुम्बिनी कृषि उपज थोक बजार प्रालीले करिब २० करोडको लगानीमा ३ बिगाहा क्षेत्रफलमा उक्त कृषि थोक बजार सञ्चालनमा ल्याउन लागेको हो । उक्त बजारमा तरकारी फलफूल विक्रिका लागि १ सय ८० वटा व्यावसायिक सटर बनाइएको छ ।

यसैबीच प्रालीले तिलोत्तमाले स्थानीय निर्वाचन २०७९ नव निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई, सम्मान र कृषि थोक बजारको महत्त्व तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बजारले व्यवसायिलाई आधुनिक सुविधा उपलब्ध गराउने कम्पनिका अध्यक्ष भिमकान्त पन्थिले जानकारि दिए ।

उनले किसानको उत्पादन बढाउँदै मूल्यवृद्वि गर्ने स्थानीयको सहभागिता अनुसार अगाडि बढ्ने, नेपालकै नमुना बजार वनाउनाई कृषि पर्यटन बजारको रूपमा प्रयोग गर्ने लक्ष्य राखेको जानकारी दिए । उनले उक्त बजारले तिलोत्तमा नगरको राम्रो सम्भावना बोकेको बताए ।

मेयर रामकृष्ण खाडले निजि क्षेत्रको लगानीमा महत्त्वपूर्ण काम भएकोले यो बजारलाई नगरपालिकाले पूर्णरूपमा सहयोग गर्ने बताए ।

उनले कृषि उत्पादन बढाउने निर्यात बढाउनेतर्फ ध्यान जान आवस्यक रहेको चर्चा गर्दै कृषिमा रासायनिक मल कम प्रयोग गर्ने वातावरण सृजना गर्न आवश्यक रहेको बताए ।

मेयर खाडले व्यवसायिको लगानीको सुरक्षाको जिम्मा नगरपालिकाले लिने प्रतिबद्धता समेत जनाए । उनले सहमति, सहकार्य र एकताका आधारमा अगाडि बढ्नेमा जोड दिए ।

उपमेयर जागेश्वरी चौधरीले किसानले उत्पादन गर्छ विचौलियाले खाने वातावरणको अन्त्य हुन आवश्यक रहेको बताए । उनले यो बजारलाई किसानको हितमा अगाडि बढन सुझाव दिँदै नगरपालिकावाट नितिगत विषयमा सहजिकरणमा समस्या नहुने बताए ।

च्याम्वर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेल, संस्थाका संचालक गोपाल भुषाल, केशव कुवँर निवर्तमान वडाध्यक्ष चेतनारायण भण्डारी, स्थानीय डा. गणेश पाठकलगायतले बोल्दै यस्ता कम्पनीले कृषिको विकासमा जोड दिँदै राष्ट्रिय अर्थतलाई टेवा पुर्याउने बताए ।

प्रदेशकै ठूलो आधुनिक रूपमा निर्माण गरिएको यो बजार आउँदो साउन १ गतेदेखि संचालनमा ल्याउने तयारि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्