
काठमाडौं । नारायणगढ मुग्लिन सडकअन्तर्गत् नाम्सी पुलमा पहिरो गएको छ ।
पहिरोले सडक पुरेपछि बिहान पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिएको छ । चितवन प्रहरी कार्यालयका अनुसारसोमबार राति पौने १ बजेतिर पहिरो झरेको थियो ।
पहिरोका कारण रातभरत बाटो ठम्प बनेको थियो । यो क्षेत्रमा पछिल्लो समय निरन्तर जसो पहिरो खसेको छ ।
नयाँ पुल बनाउन डाँडो काटेपछि पहिरो गएको हो ।














