Logo
Logo

जसपामा कलह, विधान अधिवेशन स्थगित


441
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को विधान अधिवेशन स्थगित भएको छ । असार १ र २ गते गर्ने भनिएको विधान अधिवेशन स्थगित भएको हो ।

पार्टीको आन्तरिक तयारी नपुगेको भन्दै विधान अधिवेशन स्थगित गरिएको जनाइएको छ । जसपाको बैठक नबसेकै लामो समय भयो । पार्टीभित्रको विवादकै कारण बैठक बस्न सकेन ।

अन्तरकलह चर्किँदै गयो । यसै कारण पार्टी फुटको संघारमा पुगेको छ । अहिले नेताहरू हस्ताक्षर अभियान चलाउन व्यस्त छन् । तर, त्यो हस्ताक्षर कुन प्रयोजनका लागि हो उनीहरू प्रष्ट खुलाउँदैनन् । अभियानमा संलग्न नेता भन्छन्, ‘बैठक बोलाउन दबाब दिन हो ।’ तर, केही नेता भन्छन्, ‘त्यो पार्टी फुटाउन पनि उपयोगी बन्ने सम्भावना छ ।’

नेताहरू राजकिशोर यादव, महेन्द्र राय यादव, प्रदीप यादव, इस्तियाक राइनलगायतले हस्ताक्षर संकलन गरिरहेका छन् । यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग पार्टी एकताको विषय पनि चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्