
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
कुवेतबाट काठमाडौं उडान भरेको जहाज मंगलबार बिहान भैरहवामा अवतरण गरेको हो । जहाज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे काठमाडौंका लागि उडान भरेको थियो । जहाजले बिहान ६ः५० मा त्रिभुवन विमानस्थलमा पनि सकुशल अवतरण गरिसकेको छ ।
भैरहवामा जहाज डाइभर्ट भएर आएको यो पहिलो घटना हो ।














