
काठमाडौं । बैंक अफ काठमाण्डूका बागमती प्रदेश अन्तर्गतका शाखा कार्यालयले घरदैलो गरेका छन् ।
बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजना तथा विभिन्न बैंकिङ सेवाको जानकारी प्रदान गर्ने उद्देश्यले घरदैलो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा बैंकका कर्मचारीको सहभागिता थियो ।
बैंकले आकर्षक विशेषतासहित ४ गुणासम्म प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानीक गरेको थियो । साथै, बिओके प्रिमियम प्लस बचत खातामा ८.०३ प्रतिशत वार्षिक ब्याजदरसहित थुप्रै आर्कषक विशेषता समावेश गरेको छ ।
जावलाखेल, इमाडोल, लगनखेल, भक्तपुर, इटाँच्छे, गोगवुं, बालाजु, कलंकी, कमलपोखरी, अनामनगर, बल्खु, इन्द्रचोक, ठमेल, साखुं, न्यूरोड, नक्साल, नयाँ बनोश्वर, पुरानो बानेश्वर, चावहिल, महाराजगंज, ज्ञानेश्वर, त्रिपुरेश्वर, गोठाटार, बनेपा, पनौती, गल्छी, नारायणघाट, पर्सा, हेटौंडा तथा प्रगतिपथ शाखाले आफ्नो नजिकको स्थानमा घरदैलो गरी बैंकको नयाँ योजना बारेमा जानकारी दिएका हुन् ।
बैंक अफ काठमाण्डूले १०१ शाखा, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।











