
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विगतदेखि चर्चामा रहेको काठमाडौंंको बाहिरी चक्रपथ सडक बारेमा कुनै प्रक्रिया अघि नबढेको बताएकी छिन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले जुन ठाउँमा बाहिरी चक्रपथ बन्ने भनिएको थियो त्यो ठाउँमा चक्रपथ बन्छ कि बन्दैन भन्ने कुरामा सन्देह रहेको बताइन् ।
‘जहाँ जहाँबाट चक्रपथ बन्छ भनिएको थियो त्यहाँ बन्ने कुरामा सन्देह थियो । यदि मुआब्जा दिएर बनाउने हो भने राज्यले साढे ३ अर्ब मुआब्जा दिनुपर्ने अवस्था छ । सबै ठाउँमा जग्गाको अत्यधिक कित्ताकाट भएको हुनाले त्यसको बारेमा पुनः अध्ययनको खाँचो देखिएको छ ।’
उनले काठमाडौंको दीर्घकालीन विकासका लागि मास्टर प्लान बनाउने काम भइरहेको बताइन् ।











