Logo
Logo

नबिलकाे पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा याेजना


504
Shares

काठमाडौं । नबिल बैंकले पहिलो पटक ‘नबिल पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा’ जारी गरेको छ । पर्यावरणमैत्री तथा दिगो विकाससँग सम्बन्धित व्यवसायको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ यो योजना ल्याएको हो ।

फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसाय, पर्यावरणमैत्री व्यवसाय तथा वनविनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायको वित्तिय आवश्कता पुरा गर्न आकर्षक सुविधा र ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । यस कर्जायोजनाअन्तर्गत बैंकले साबिक भन्दा ०.५ प्रतिशत कममा कर्जा दिनेछ ।

बैंकले पर्यावरणमैत्री व्यवसायीको व्यवसाय बढाउन मद्दत गर्नका लागि क्षमता अभिवृद्धि र व्यवसाय विकास तथा परामर्श सुबिधा प्रदान गरी व्यवसायी माझ वित्तिय पहुँचमा जोड दिनेछ । ग्राहकसम्म व्यवसायको उत्पादन र सेवा वितरणलाई सहज बनाउन ‘नबिल एसएमई सहकार्य योजना’मा आबद्ध गर्ने बैंकका एसएमई तथा एमएफ विभाग प्रमुख निरज कुमार बस्नेत बताउँछन् ।

उनका अनुसार बैंकले यस योजनाअन्तर्गतका ऋणीलाई सफल व्यापार उद्यमका रूपमा विकाश क्षमता अभिवृद्धि तथा सहकार्य योजनामा समावेश गर्नेछ ।

सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको यस बैंकका १५० शाखा, १८७ एटिएम र १ हजार ५ सय बढि नबिल रेमिट एजेन्ट छन् ।

प्रतिक्रिया दिनुहोस्