
काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिकाका एक वडासदस्य बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् ।
६ नं वडाका सदस्य मोहन केसीलाई १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रोल्पाका प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेका अनुसार जेठ ३० गते माडी गाउँपालिका घर भएकी कक्षा ९ मा अध्ययनरत बालिकालाई घरमै गएर जबजस्ती करणी गरेको आरोप छ ।
अभिभावकले बलात्कार भएको उजुरी दिएपछि वडा सदस्य केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।














