Logo
Logo

श्रमस्वीकृतिका सबै सेवा अब भैरहवाबाटै


315
Shares

काठमाडाैं । काठमाडौंपछि पहिलो पटक भैरहवाबाट पूर्व र अन्तिम श्रमस्वीकृतिसहित सबै सेवा सुरु भएको छ ।

भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापना भएपछि वैदेशिक रोजगार विभाग ताहाचल कार्यालय पुग्नुपर्ने झन्झट हटेको हो ।
वैदेशिक रोजगार विभागले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर रोजगारीका लागि विदेश जाने श्रमिकको सहजिकरणका लागि विमानस्थलभित्र वैदेशिक रोजगार सूचना तथा व्यवस्थापन कक्षसमेत खडा गरिसकेको छ ।

श्रममन्त्री कृष्णकुमार श्रेष्ठले शाखाकाे उद्घाटन गरेका हुन् । श्रम तथा रोजगार व्यवस्थापन कार्यालय बुटवलबाट दिँदै आएको सेवा अझ सहज बनाउन भैरहवामा वैदेशिक रोजगार शाखा स्थापना गरिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

सरकारले ०७५ माघ २३ बाट वैदेशिक रोजगारीबाट बिदा आएका कामदारले पुनः श्रम स्वीकृति सेवाका लागि काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य गर्न ६ प्रदेशमा सेवा विस्तार गरेको थियो ।

यसले श्रम स्वीकृति र बिमा बाहेक नै प्रति कामदार औसत १० हजारभन्दा बढी बचत हुँदै आएको छ ।

अब वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहचलमा भिडभाड कम हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्