Logo
Logo

ताप्लेजुङ पहिराेका घाइतेको हेलिकोप्टरबाट उद्धार


441
Shares

काठमाडौं । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङ पहिरोमा गम्भीर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट उनलाई उपचारका लागि विराटनगर लगिएको वडाध्यक्ष बुद्ध दाहालले बताए । सदरमुकाम फुङलिङमा प्राथमिक उपचारपछि कोसी अञ्चल अस्पताल विराटनगर लगिएको हो ।

पहिरोमा परेर उनका आमा तुलसा र श्रिमती यसाेदाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्