
काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ ।
डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै असार १ देखि भदौ मसान्तसम्म राजमार्गमा ट्रिपर बन्द गरिएको हो ।
सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र बर्सातका समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रे भत्कने भएकाले रोक लगाइएको सडक डिभिजन पाल्पाका प्रमुख रामेश्वर लम्सालले जानकारी दिए ।
यस सडकखण्डमा दैनिक सवारी साधनको चाप बढ्दो छ ।














