Logo
Logo

मिस नेपालको फाइनल आज हुँदै



काठमाडौं । मिस नेपालको ग्रान्ड फिनाले आज हुँदैछ ।

बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीले ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।

६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् । ९ वटा सब–टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ ।

आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् । विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्रयाइदिनेछिन् ।

कोरोना महामारीका कारण अघिल्ला २ वर्ष रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो ।

द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य तुल्याइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्