Logo
Logo

अर्काको नाममा ट्रायल दिने पक्राउ


1k
Shares

काठमाडौं । सवारी चालक अनुमतिपत्रका लागि परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

ट्रायल दिँदै गरेका सिन्धुपाल्चोक साँगाचोकगढी– १० का २५ वर्षीय सुजित खड्का पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनले आवेदक डोलकुमार थापाको नामबाट परीक्षा दिएका हुन् ।

उनी थापाको नागरिकतामा आफ्नो फोटो टाँसेर ट्रायल दिन गएका थिए । यातायात व्यवस्था कार्यालय चावहिलबाट असार २ गते सञ्चालित सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाबाट खड्का पक्राउ परेका हुन् ।

उनीमाथि मुलुकी अपराध संहिता ऐन,२०७४ अनुसार लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्