
काठमाडौं । सुर्खेतकाे विरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
शुक्रबार राती हुम्ला चंखेली गाउँपालिका–१ का २४ वर्षीय हरिबहादुर ऐडीको मृत्यु भएको हो । ठक्करपछि घाइते ऐडीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरी चौकी बाङ्गेसिमलका अनुसार वीरेन्द्रनगर–४ रत्न राजमार्गमा बाङगेसिमलबाट मुलपानीचोकतर्फ जाँदै गरेको ऐडीलाई ठक्कर दिएको थियो ।
प्रहरीले मोटरसाइकल चालक हिक्मत मल्ललाई नियन्त्रणमा लिएको छ ।














