Logo
Logo

धादिङमा मलामी बाेकेकाे गाडी पल्टियाे : २६ जना घाइते


2.1k
Shares

फाइल फोटो ।

काठमाडौं । धादिङमा मलामी सवार गाडी दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

सदरमुकाम धादिङबेसीबाट मलामी लिएर मैदी जाँदै गरेको स्वराज गाडी गएराति सडकमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ । बाँकी घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

दुर्घटनापछि चालकलाई प्रहरीले पक्राउ गरेको छ । तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्