
काठमाडौं । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा शनिबार र आइतबार ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यक्रमको उद्घाटन गर्दैछन् ।
विशिष्ट अतिथि र वक्ताका रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । द सोल्टी काठमाडौंमा आयोजना हुने कार्यक्रममा ५ देशका ६० बढि वक्तासहित ८ सय जना सहभागी हुँदैछन् ।
नेपालमा सूचना प्रविधि विकास र विस्तारका लागि नीतिगत तथा कार्यन्वयनगत अवस्थाको विश्लेषण र भावी कदमबारे बहश गर्न आयोजित कन्क्लेभमा डिजिटल नेपाल सम्वन्धी ५ वटा थिममा १० बढि सेसन सञ्चालन हुनेछन् । कन्क्लेभमा ह्वावे सिंगापुरबाट इन्डस्ट्री एक्पर्ट प्याट्रिक लो, ओपन नेटवर्कका जिएम डा.पल्लब शाह, अमेरिकाबाट पारास्कोमा इंकमा केन एयरहर्ट लगायतको किनोट प्रस्तुती रहने छ ।
नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुष्ठ अर्याल, आइसिटी विज्ञ मनोहर भट्टराई र बैंकर अनिल शाहले प्रस्तुती दिनेछन् । पहिलो दिन किनोट प्रस्तुती र उद्घाटन पश्चात डिजिटल इन्फास्ट्रक्चर एण्ड कनेक्टिभिटीको सेसन छ ।
यसैगरी दोश्रो सेसनका रुपमा डिजिटल स्किल, ट्यालेन्ट पुल एण्ड डिजिटल वर्कफोर्स फर डिजिटल नेपाल सेसन छ । तेस्रो सेसनमा डेटा ग्याप्स, ब्रिजिङ द डेटा इन टु द सेन्टर स्टेज सेसन रहेको छ । पहिलो दिनको अन्तिम सेसन डिजिटल इकोनोमी एण्ड इन्भेष्टमेन्ट अपर्चुनिटी रहेको छ । दोस्रो दिन किनोट प्रस्तुतीसँगै इमर्जिङ टेक्नोलोजिज फर डिजिटल ट्रान्सफरमेशन, डिजिटल आन्टरप्रेनरसिप र साइबर सेक्युरिटी सम्वन्धी सेसन रहेका छन् ।
त्यसैगरी सोहि दिन डिजिटल फिनोभेसन एण्ड बियोण्ड फर डिजिटल सोसाइटी, बिउल्डिङ डिजिटल लिडरसिप र अन्त्यमा डिजटल रुपान्तरणका लागि अबको बाटो सम्वन्धी महत्वपुर्ण सेसन रहेका छन् । ह्वावेले ‘लाइटिङ अप द फ्युचर’ नाममा फाइभजी लगायत नयाँ प्रविधि प्रदर्शनी पनि गर्नेछ ।
कार्यक्रममा डिजिटल नेपालको फ्रेमवर्क, एजेण्डा, अवधारणा र डिजिटल रूपान्तणका विषयमा वृहत छलफल तथा अन्र्तकृया हुने आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले जानकारी दिए । डिजिटल नेपाल फ्रेमवर्क २०१९ सार्वजनिक भएपश्चात सम्भवत यो पहिलो बृहत कार्यक्रम रहेको उनले बताए ।
‘डिजिटल रूपान्तरणका लागि डिजिटल नेपाल कन्क्लेभ’ नारासहित आयोजना भइरहेको कार्यक्रमको शीर्ष प्रायोजक ह्वावे, सह प्रायोजक इन्फोडेभलपर्स र कनेक्टेड बाईमा एनसेल रहेको छ । त्यस्तै कार्यक्रमलाई सञ्चार मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक, नास्ट, नेपाल उद्योग वाणिज्य महासंघको सहयोग छ ।
कन्क्लेभको डेभलपमेन्ट पार्टनरको रुपमा द एसिया फाउण्डेशन रहेको छ । यसैगरी बैंकिङ पार्टनरमा एनआइसी एसिया, डिजिटल पेमेन्ट पार्टनरमा नेपाल क्लियरिङ हाउस, नलेज पार्टनर प्रेसिडेन्सियल विजनेश स्कुल, अफिसियल पार्टनर नेपाल टेलिकम रहेका छन ।
कार्यक्रममा नेपाल बैंक, रारा ल्याब्स, फ्रस्ट एण्ड सुलेभियन, सिआरआई नेपाल लगायतका संस्थाको सहकार्य रहेको छ ।











