Logo
Logo

सिलिन्डर लिक भएर आगो लाग्दा १ जनाको मृत्यु


1.4k
Shares

फाइल फोटो

काठमाडौं । गोरखाको शहीद लखन–७ बुंकोटमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ६९ वर्षीया केशरीमाया वस्तीको मृत्यु भएको छ ।

वस्तीको शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । आगलागीबाट वस्तीको १ तले घर पनि जलेको छ ।

शुक्रबार राति घटना भए पनि स्थानीयले भने शनिबार बिहान मात्र जानकारी पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्