Logo
Logo

जिल्ला समन्वय समिति रुपन्देहीमा गठबन्धनको प्यानल नै विजयी


1.1k
Shares

रुपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीमा सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ । शनिबार सम्पन्न निर्वाचनमा समितिको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर विजयी भएका छन् ।

चपाईले २० मत ल्याउँदा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याएका छन् । रुपन्देहीका १६ वटा स्थानीय तहका प्रमुख उपप्रमुख गरी समितिको निर्वाचनमा ३२ जनाले भाग लिएका थिए । त्यस्तै उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत ल्याएर बिजयी हुँदा एमालेकी पवित्रा देवी श्रेष्ठले १५ मत ल्याएकी थिइन् ।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजन, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान, ऋषीराम बस्याल र लोसपाका मुकेश कुमार पाण्डे विजयी भएका छन ।

नेकपा माओवादी केन्द्रकी मन्जु परियार, लोसपाकी बुधनी चमार पनि सदस्यमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सत्ता गठबन्धनसँग एमाले एक्लै भीडेको थियो ।

प्रतिक्रिया दिनुहोस्