Logo
Logo

राष्ट्रिय चलचित्र पुरस्कार : रमिताले निम्त्यायो विवाद


एमपी सुब्बा


काठमाडौं । ‘अवार्ड’मा विवाद सामान्य जस्तै भइसकेको छ । नेपालमा मात्र होइन, संसारमा आयोजना हुने प्रतिष्ठित भनिएका ‘अवार्ड’ र ‘पुरस्कार’हरु समेत कुनै न कुनै कोणबाट विवादमा मुछिएकै हुन्छ । अर्थात् विवादरहित ‘अवार्ड’ बन्ला भन्ने आशा समेत गर्न छाडिएको छ ।

‘पुरस्कार’ वितरण कार्यक्रमलाई ग्ल्यामरस बनाउने र प्रमुख अथितिलाई रमिता देखाउने उद्देश्यले कलाकारको नृत्य देखाइएकामा राष्ट्रपति आलोचित बनेकी हुन् । आलोचना आयोजक विकास वोर्डले खेप्नुपर्ने हो । तर, कलाकारले राष्ट्रपतिको आलोचना गर्दै ‘राजा–महाराजा’सँग तुलना गरेका छन् ।

‘अवार्डेड’ हुनेहरुले खुसी व्यक्त गर्नु र ‘अवार्ड’ हात नपार्नेले ‘झुर अवार्ड’ भन्दै विरोध गर्नु त संस्कार नै बनेको छ । यस्तै, विवादबाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पनि अछुतो रहेन ।

चलचित्र विकास वोर्डले यसैसाता वितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’बारे टिकाटिप्णीले जताततै भइरहेको छ । अनामनगर र बागबजारका चिया पसलहरुदेखि लिएर फिल्म स्टुडियोसम्म अनि सामाजिक सञ्जाल फेसबुकदेखि लिएर ट्विटरसम्म ‘राष्ट्रिय चलचित्र पुरस्कार’को चर्चा र टिप्पणी भइरहेको छ । बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ति भएपछि उनकै पहलमा पुरस्कार वितरण गरिएको हो ।

सयौंँ कलाकार तथा प्राविधिकमध्ये एक दर्जनले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट ‘पुरस्कार’ ग्रहण गर्ने अवसर पाए । उनीहरुले ‘बधाई’ पाइरहेका छन् । तर, अन्यले ‘राष्ट्रिय चलचित्र पुरस्कार’लाई ‘खोपीको पुरस्कार’ भन्दै व्यंग्यात्मक आलोचना गरेका छन् ।

चलचित्र ‘पञ्चायत’का निर्देशक शिवम अधिकारीले नेपालबाट ओस्कारका लागि छानिएको आफ्नो फिल्मले राष्ट्रिय अवार्ड नपाएको भन्दै फेसबुकमा यस्तो लेखे, ‘अवार्ड किन्न पैसा बोकेर हिँड्नु पर्ने हो ।’ विकास वोर्डले यही शुक्रबार एकसाथै तीन वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’ वितरण गरेको थियो ।

नेपाल सरकारको मातहत सञ्चालित चलचित्र विकास वोर्डले चलचित्रकर्मीको योगदानको कदर तथा सम्मानस्वरुप ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको हो । तर, तीन वर्षदेखि वोर्डले ‘पुरस्कार’ वितरण गर्न सकेको थिएन । यसपटक विकास वोर्डले एकैसाथ २०७३, २०७४ र २०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरेर चलचित्रकर्मीलाई खुसी बनाउने प्रयत्न गरेको हो । तर, उनीहरु खुसी भएनन्, उल्टै असन्तुष्टि व्यक्त गरे ।

राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण कार्यक्रमलाई भिन्न देखाउन खोजिएको थियो । नीजि कम्पनीले जस्तै ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण कार्यक्रमलाई ‘रंगिन’ बनाउन नाचगानको कार्यक्रम समेत राखियो । राष्ट्रपति कार्यलयमै कलाकारलाई नाचगानमा उतार्ने विकास वोर्डको यसपटकको नीतिले गर्दा पनि ‘पुरस्कार’ वितरण कार्यक्रम थप आलोचित बन्न पुग्यो ।

अभिनेता सरोज खनाल ट्वाइलेटको कमोडमा बसेको देखिन्छन् । अभिनेता खनालले तस्बिरससँग क्याप्सनमा लेखेका छन्, ‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा विराजमान थिए तर हामी पर्फमर करीब ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे । मचाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसे । के गरुँ आफ्नै क्षेत्रको दुर्दशा । त्यसैले आई शेयर विथ यू ।’

पछिल्लो केही वर्षयता ‘राष्ट्रिय चलचित्र पुरस्कार’ राष्ट्रपति भवनमै विरतण गरिँदै आएको छ । तर, कलाकारलाई नाचगानमै उतारिएको पहिलोपटक हो । यसरी ‘पुरस्कार’ वितरण कार्यक्रममा कलाकारलाई नचाउने आयोजकको मनशाय पक्कै सकरात्मक थियो । तर, आफूलाई ‘राष्ट्रको गहना’ भन्ने कलाकारले त्यसको आलोचना गरेका छन् । राष्ट्रपतिको ‘खोपी’मै नचाएको भन्दै केही पुरस्कृतहरुले समेत व्यंग्यात्मक आलोचना गरे ।

‘खोपीको नाच र खल्तीको गानले, राष्ट्रिय अवार्ड, राष्ट्रिय नाचगान भएछ, लाजको पसारो’ कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँले ‘राष्ट्रिय चलचित्र पुरस्कार’लाई लक्षित गर्दै आफ्नो फेसबुकवालमा लेखे । उनले ‘राष्ट्रिय चलचित्र पुरस्कार’लाई लक्षित गर्दै अन्त्यमा लेखेका छन्, ‘लायकलाई ताली, नालायकलाई गाली ।’ तर, उनको चलचित्र ‘जात्रा’ले ०७३ सालका लागि दुई विधामा ‘पुरस्कार’ पाएको थियो । पुरस्कृत भएकामा खुसी भएपनि कलाकारलाई खोपीमा नचाएकमा उनी असन्तुष्ट देखिए । यसले के स्पष्ट हुन्छ भने आफूले पाउँदा ‘लायक’ र अरुले पुरस्कार पाउँदाचाहिँ ‘नालायक’ ।

हुन त नेपाली चलचित्र र गीतसंगीतको क्षेत्रको विकास, प्रवद्र्धन र कलाकारको सम्मानका लागि भन्दै च्याउसरी दिइने कुनैपनि अवार्ड तथा सम्मान कार्यक्रम विवादरहित बन्न सकेको छैन । तर, नीतिगत रुपबाट गरिने र राष्ट्रले प्रदान गर्ने अवार्ड एवं पुरस्कारको तुलना गर्न सुहाउँदैन । किनकि व्यक्तिगत रुपमा हुने अवार्ड व्यापारिक तवरले गरिएको हुन्छ ।

तर, यसपटक ‘राष्ट्रिय चलचित्र पुरस्कार’लाई समेत नीजि अवार्डसँग तुलना गरियो । व्यक्तिले गर्ने अवार्डहरु जस्तै ‘बाढीचुडी’ भयो भन्ने कलाकारबाटै आरोप लागेको छ ।

त्यस्तै, तामझाम र रमिताको रहरले गर्दा यसपटक राष्ट्रपति भण्डारीलाई समेत आलोचना गरिएको छ । ‘पुरस्कार’ वितरण कार्यक्रमलाई ग्ल्यामरस बनाउने र प्रमुख अथितिलाई रमिता देखाउने उद्देश्यले कलाकारको नृत्य देखाइएकामा राष्ट्रपति आलोचित बनेकी हुन् । आलोचना आयोजक विकास वोर्डले खेप्नुपर्ने हो । तर, कलाकारले राष्ट्रपतिको आलोचना गर्दै ‘राजा–महाराजा’सँग तुलना गरेका छन् ।

कलाकारलाई राष्ट्रपति निवासमा नचाएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा स्टाटस लेखिन्, ‘पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउथे । घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन । बाहिर आउनुस् तपाइँ हाम्रो आमा हो । हामी तपाइँका लागि ज्यान दिन्छौँ ।’

कलाकारलाई राष्ट्रपति निवासमा नचाएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा स्टाटस लेखिन्, ‘पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउथे । घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन । बाहिर आउनुस् तपाइँ हाम्रो आमा हो । हामी तपाइँका लागि ज्यान दिन्छौँ ।’

‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण कार्यक्रमलाई तामझाम नै चाहिएको भए नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको भए हुनेथियो’ अहिले यस्तै कलाकारले असन्तुष्टिका ज्वाला ओकलिरहेका छन् ।

‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण कार्यक्रममा कलाकारलाई नचाउने कार्यक्रममा नराखिएको भए सायद यति धेरै आलोचित बन्दैनथ्यो होला । किनकि यहाँ ‘पुरस्कृत’ हुने कलाकारहरु समेत राष्ट्रपति भवनबाट बाहिरिनेवित्तिकै कार्यक्रमको तिखो टिप्पणीमा उत्रिए ।

कार्यक्रममा नृत्य गर्न पुगेका पुराना अभिनेता सरोज खनालको एउटा तस्बिर सार्वजनिक भएपछि यस्तै गुनासोहरु पोखिन थाले । सार्वजनिक तस्बिरमा अभिनेता सरोज खनाल ट्वाइलेटको कमोडमा बसेको देखिन्छन् । अभिनेता खनालले तस्बिरससँग क्याप्सनमा लेखेका छन्, ‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा विराजमान थिए तर हामी पर्फमर करीब ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे । मचाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसे । के गरुँ आफ्नै क्षेत्रको दुर्दशा । त्यसैले आई शेयर विथ यू ।’

अभिनेता खनालको उक्त तस्बिरले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ थप आलोचित बन्न पुग्यो । पुरस्कार वितरण कार्यक्रममा गौरी मल्ल, सरोज खनाल, रमेश उप्रेती, सन्नी रौनियारलगायत नयाँ पुराना कलाकारलाई नृत्य प्रस्तुत गर्न लगाइएको थियो । यहाँ कुनैपनि अवार्ड वा पुुरस्कार वितरण कार्यक्रम विवादरहित बनेको उदाहरण समेत पाइँदैन । त्यस्तै, एकैसाथ तीन वर्षको वितरण गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पनि विवादरहति बन्न सकेन ।

प्रतिक्रिया दिनुहोस्