Logo
Logo

इलाम जिससमा एमाले-एकीकृत समाजवादी गठबन्धन विजयी


4.8k
Shares

इलाम । जिल्ला समन्वय समिति इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी हुनुभएको छ । उपप्रमुखमा नेकपा एकीकृत समाजवादी)का उम्मेदवार चित्रकला बराइली निर्वाचित भएका छन् ।

प्रमुखमा निर्वाचित राईले नेपाली कांग्रेसका विमल वैद्यलाई हराउँदै विजयी भएका हुन् भने उपप्रमुखमा एकीकृत समाजवादीका चित्रकला बराइलीले कांग्रसकी कमला अधिकारी बराललाई हराउँदै विजयी भएका हुन् ।

प्रमुखमा एमालेका राईले १२ मत प्राप्त गर्दा उपप्रमुखमा एकीकृत समाजवादीका बराइलीले १३ मत प्राप्त गरे ।

सदस्यहरूमा एमालेका प्रेमराज गुरुङ, शेरबहादुर खालिङ, रामप्रसाद लिम्बू, सीता कार्की र मीनाकुमारी राई निर्वाचित भए । एकीकृत समाजवादीका तृष्णा लोहार र सपनादेवी राई शेर्पा निर्वाचित भए ।

महिला सदस्यमा एमाले र समाजवादीका उम्मेदवार मीना कुमारीको १२ मत आउँदा अरु दुई सदस्यले १३–१३ मत प्राप्त गरेका छन् भने कांग्रेसका दुई उम्मेदवारले सात–सात मत प्राप्त गरे ।

त्यस्तै दलित महिला सदस्यमा कांग्रेसका पार्वती विकको सात मत आएको थियो । एकीकृत समाजवादीका उम्मेदवारले १२ मत प्राप्त गरेका थिए ।

सदस्यमा एमालेका तीन उम्मेदवारले १२÷१२ मत प्राप्त गर्दा कांग्रेसका राजकुमार लिम्बू र विष्णुप्रसाद भट्टराईले आठ–आठ मत प्राप्त गरे ।

जिसस निर्वाचनमा इलाममा एमाले र समाजवादीले तालमेल गरी उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । कांग्रेसले एक्लै मनोनयन गरेको थियो ।

एमाले र एकीकृत समाजवादीको गठबन्धनमा एमालेले प्रमुखसहित छ पदमा र एकीकृत समाजवादीले उपप्रमुख तथा दुई सदस्यमा उम्मेदवारी दिएको थियो ।

जिल्लाका १० स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २० मतदाता रहनुभएको थियो । २० मध्ये एमाले–एकीकृत समाजवादी गठबन्धनतर्फ १२ मतदाता, कांग्रेसतर्फ सात र जसपाका एक जना रहनुभएको थियो ।

यसअघि पनि सूर्योदय नगरको कार्यपालिका गठनमा एमाले र एकीकृत समाजवादीको गठबन्धन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्