Logo
Logo

भेरी नदीमा जीप खस्दा चालक र सहचालकको मृत्यु


693
Shares

फाइल फोटो ।

काठमाण्डौ । रुकुम पश्चिम आठबिसकोट–११ चिसापनी नजिकै जीप दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको छ ।

राडीबाट रिम्नाका लागि छुटेको जीप शनिबार बेलुका भेरी नदीमा खसेको थियो ।

मृत्यु हुनेमा चालक बाँफिकोट–८ दुलिका कविराम विक र सहचालक मुसिकोट–११ का कमल खड्का रहेकाे इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।

प्रहरीका अनुसार जीपमा चालक र सहचालक मात्र थिए । जीप अनियन्त्रित भइ भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्