
काठमाडौं । मोटरसाइकलले ठक्कर दिँदा महोत्तरीमा एक जनाको मृत्यु भएको छ ।
गौशाला नगरपालिका–४ मगरटोलका ५० वर्षीय गणेशबहादुर थापामगरलाई साइकलमा घर जाने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका थापाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए ।
फरार मोटरसाइकल चालकको खोजतलास भइरहेको जनाइएको छ ।














