Logo
Logo

बिर्तामोडमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान


504
Shares

काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालेको गरेको छ ।

लामखुट्टेलगायत कीटजन्य रोग नियन्त्रण अभियान अन्तर्गत तालिमप्राप्त २५ जनाको टोली परिचालन गरेको हो ।

जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले बिर्तामोड डेङ्गुको जोखिम क्षेत्रभित्र रहेको जानकारी दिए । त्यसैले नगरवासीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अभियान सुरु गरिएको मेयर पवित्रा महतारा प्रसाईँले बताइन् ।

असार ४ गतेदेखि सुरु भएको अभियान १७ गतेसम्म सञ्चालन हुनेछ । एकपटक छर्किएको विषादीले ३ महिनासम्म काम गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्