Logo
Logo

शान्ति प्रक्रिया छिट्टै टुंगिन्छः कानुनमन्त्री


504
Shares

दैलेख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद शर्मा कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंगो लाग्ने बताएका छन् ।

गृह जिल्ला दैलेखमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा मन्त्री कोइरालाले त्यसमा आफू लागिरहेको दाबी गरे ।

‘नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा धेरैले अझै पीडा भोगिरहेका छन् । त्यो पीडा हल गर्न धेरै मान्छेलाई जिम्मा दिइयो । सम्भव भएन्,’ मन्त्री कोइरालाले भने, ‘अहिले त्यो जिम्मेवारी मलाई छ । जसरी पनि पुरा गरेरै छाड्छु ।’

आफू विषेश परिस्थितिमा विषेश कामका लागि मन्त्री भएको उनको भाइृ छ । मन्त्री कोइराला द्वन्द्वकालीन मुद्दाहरूमा वर्षौंदेखि काम गरिरहेका छन् । फरक प्रसंगमा मन्त्री कोइरालाले जातीय छुवाछुत देशकै समस्या भएको बताए ।

‘हामीले कुकुरलाई पूजा गरेर पाउ छुन्छौं, तर मान्छेले मान्छेलाई विभेद गर्छौं, उनले,’ त्यसको अन्तत्य नगरी समाज अगाडि बढ्दैन ।’

प्रतिक्रिया दिनुहोस्