Logo
Logo

राष्ट्रिय सभा बैठक बस्दै


441
Shares

काठमाडौं । संघीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक बस्दैछ ।

आइतबार १ बजेपछि बस्ने बैठकमा विधायक व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नाराय दत्त मिश्रले ८ वटा विधेयकसम्बन्धी समितिका प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।


ध्यागमन विधेयक २०७६,अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपी अधिकार (पहिलो संशोधन ) विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ सभासमक्ष पेश हुने कार्यसूची छ ।

प्रतिनिधिसभा बैंठक भने सोमबार बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्