Logo
Logo

एसपीपीबारे प्रदीप ज्ञवालीको आशंका- सेनालाई कमजोर बनाउने षडयन्त्र त होइन ?


693
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे आश्चार्य प्रकट गरेका छन् ।

उनले सैनिक साझेदारी र बेस नेपालमा राख्न मिल्ने गरी एसपीपीको प्रस्ताव ल्याउने दुस्साहस कहाँबाट पलायो भन्ने प्रश्न गर्दै आश्चार्य व्यक्त गरेका हुन् ।

आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा ज्ञवालीले भने, ‘सैनिक साझेदारी, त्यसमा पनि यहाँ बेस राख्न मिल्ने गरी, यत्रो दुस्साहस कहाँबाट पलायो होला ?’ एमाले सांसद ज्ञवालीले सिंगो देश एक ठाउँमा उभिएकाले एसपीपी अस्वीकार गर्नेतिर गएपनि १०बुँदे मस्यौदालाई यत्तिकै बेवारिसे छोड्न नमिल्ने बताए ।

नेपाली सेनालाई कमजोर बनाउने षडयन्त्र त होइन भन्ने आशंका गर्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले भने, ‘यो कहाँबाट आयो ? गम्भीरतापूर्वक खोजी गरिदिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्