
काठमाडा । सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षभित्र ३२ सडक योजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागले आइतबार सूचना जारी गरी ती योजना आगामी वर्षको कार्यक्रममा समावेश नगरिएकाले चालु आवमै पूरा गर्न निर्देशन निएको हो । निर्माणाधीन ती योजना निर्माण सन्तोषजनक नदेखिएकोसमेत विभागले जनाएको छ ।
तोकिएको समयभित्र निर्माण सम्पन्न नभए भुक्तानी नहुने र सार्वजनिक खरिद सम्झौताबमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ । निर्माण सम्पन्न गर्नुपर्ने योजनामा सार्क सेक्रेटरी भवन, कालीमाटी करिडोर, साँखु–नगरकोट सडक विस्तार, सिर्जनानगर–हनुमन्ते पुललगायत छन् ।
यस्तै, गोकर्ण–माइती नेपाल–संन्यासीटार–देभस्थल–भीमसेनथान सडक, फेदीखोला–विचोरेथोक–बतासेडाँडा, झाउखेल–बोपोपुल–लिलिटोल–इँटाभट्टा सडक, ओखेनी–खत्रीगाउँ–रिशिखत्रीको घर सडक, ज्योतिलिंगेश्वर–दोल्ची– नारायणटार–डिही न्यौपाने गाउँ सडक रहेका छन् ।











