Logo
Logo

‘कुनै पनि समझदारी नगर्ने’ भनेपछि प्रधानमन्त्रीको अमेरिका भ्रमण अनुमोदन


6.2k
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनुमोदन गरेको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रधानमन्त्रीको भ्रमण अनुमोदन गरेको हो ।

अमेरिकामा हुन लागेको कार्यक्रममा सहभागी हुन जाने तर, प्रधानमन्त्रीले कुनै समझदारी नगर्ने सहमति बैठकमा भएको छ ।
‘प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने तर कुनै सम्झौता र समझदारी नगर्ने सहमति भएको छ,’ बैठकमा सहभागी एक नेताले बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले भ्रमणका क्रममा कुनै पनि सम्झौतामा समझदारी गर्दिन भन्नुभएको छ ।’

अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेको खबर सार्वजनिक भएसँगै प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिइसकेको छ ।
प्रधानमन्त्रीले उक्त सुझावलाई पालना गरी भ्रमणमा जाने निर्णय गठबन्धनबाट अनुमोदन गराएका हुन् ।

बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने पार्टीको निर्णय कार्यान्वयन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्