Logo
Logo

अर्थमन्त्री शर्मा र विश्व बैंककी प्रबन्ध निर्देशक पान्जेस्तुबीच शिष्टाचार भेट


504
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ ।
अर्थमन्त्रालयमा आइतबार बिहान भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रहिआएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए ।

उनले भेटमा नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको बताएका थिए । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिएका थिए ।

केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजनाहरु निक्कै महत्वपूर्ण र दुरगामी प्रकृतिको रहेको मन्त्री शर्माको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्